रोशी सहकर्मी–फागुन २३,
२०७६,काभ्रे/

रोशी गाउँपालिकामा यहि फागुन २६ गतेबाट हुने भनिएको दाश्रो अध्यक्षकप फुटबल स्थगित भएको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै कोरोना (कोभिड–१९) भाईरसको संक्रमण र संत्रास बढ्दै गएका कारण खेल स्थगित भएको जनाएको छ ।
सरकारले संघ संस्थाहरुलाई गोष्ठी, समारोह, मेला, महोत्सव नगर्न, धरै जमघट हुने स्थानमा नजान सबैमा आग्रह गरेको छ । यस अघि जिल्ला विपद व्यवस्थापनको आकस्मिक बैठकले पनि कोरोनाको संक्रमण हुन सक्ने भन्दै धेरै भिड हुने स्थानमा नजान आग्रह गरेको थियो ।

Facebook Comments