सिन्धुपाल्चोक जिल्लामा रहेर सामाजिक अभियानमा लागि रहनुभएका दलित अधिकारकर्मी एवं सामाजिक अभियन्ता लक्ष्मण रम्तेलसँग सहकर्मी यश कुमार परियारले गर्नुभएको कुराकानी

० हिजो आज के मा व्यस्त हुनुहुन्छ?
– हिजो आज गाउँतिरकै काममा व्यस्त छु ।

० सामाजिक अभियान कहिलेबाट सुरु गर्नुभयो, कस्ता कस्ता अभियान सुरु गर्नुभयो ?
– हामीले सामाजिक अभियान पहिलेबाट गरेका हौँ, गरीरहेका पनि छौँ ।

० अब समाजमा त थुप्रै समुदायहरुको वसोबास हुने गर्दछ, कस्ता अभियानमा बढि सहयोग पुर्याउनुभएको छ ?
– त्यसका लागि बाल विभागमा पनि काम गर्दै आएको छु त्यसैगरी बुढा वृद्धहरुको क्षेत्रमा पनि काम गर्दै आईरहेको छु ।

० तपाँईहरुले बालविवाह रोक्न, वृद्धवृद्धाको क्षेत्रमा पनि काम गर्दै आउनुभएको छ । अहिले सिन्धुपाल्चोकको परिवेश अनुसार समाज कस्तो पाउनुहुन्छ, के के समस्या छन् ?
– अब पहिले पहिले परिवारले नबुझेर बालविबवह बढ्ने, हुने गरेको थियो । उमेर नपुगी विवाह गर्दा समस्या पर्ने कुराहरु सुनायौ, धेरै विवाहहरु रोक्यौ । २० वर्ष नपुगी विवाह गर्नुहुदैन भनेर चेतना बढाउँदै छौ ।

० अहिले छुवाछुत मुक्त देश भनेर सरकारले त घोषणा गरेको छ । गाउँघरमा छुवाछुतको अवस्था कस्तो छ, अहिले पनि पहिलेको जस्तै छ कि कम भएको छ, व्यवहारमा कस्तो छ ?
– पहिलेका बुबा हजुरआमाहरुमा त त्यस्तै छ । हामीले खाना खाएर भाँडा माझेर गोबरले लोटाएर मात्रै भित्र लाने गरेको पाईन्छ । तर अहिलेका युवाहरुमा त्यस्तो छैन, हल्का परिवर्तन आएको छ भनौ ।

० यो परिवर्तन आउनुमा केको कारणले जस्तो लाग्छ आब शिक्षाको कारणले हो या सचेतनाको कारणले हो ?
– यसमा दलितहरु पढाईमा अलि पछि परेको कारणले पनि हो कि जस्तो आग्छ ।

० पहिले को तुलमाना अहिले शिक्षीत समाज निर्माण हुँदै गयो र बिस्तारै छुवाछुत हट्दै गएको जस्तो तपाईलाई लाग्छ ?
– हजुर पहिलेको तुलनामा अहिले परिवर्तन भईरहेको छ । बुढापाकामा त त्यो छ नै तर युवाहरुमा चाहिँ कमी नै छ ।

० यहाँहरुले गाउँघरमा छुवाछुत हटाउन त्यस्तो केहि हभियानहरु चलाउनुभएको छ ?
– अभियान त चलाएका छौँ । तर बुढापाका घमण्डि भई नै हाल्छन् । अनि ठिटा हरुले चाहिँ बुवा यस्तो गर्नुहुन्न त्यस्तो गर्नुहुन्न भन्ने खालको युवाहरुमा यस्तो प्रवृती छ ।

० पुरानो पुष्तामा चाहिँ पुरानो सोच, पुरानो संस्कार परम्पराहरुले गाँझिरहेको छ तर अहिलेका पुस्ताहरुले त्यसलाई मान्न तयार छैनन् भन्न खोज्नुभयो ?
– हजुर, अहिलेको पुस्तामा त्यो छैन ।

० के लाग्छ तपाईलाई छुवाछुत मुक्त राष्ट्र भनिरहँदा देश घोषणा भईरहँदा गाउँघरमा चाहिँ छुवाछुत चोग्नु पर्दा कस्तो महशुस हुन्छ ?
– अब अलित भनिसकेपछि हामीलाई अलिकती परिवारहरुपनि धेरै हुने । त्यसकारणले गर्दा पढाईपनि खासै नहुने । खान पानको पनि समस्या हुने । त्यहि हिसाबले गर्दा हिजो बुवाहरुले उनिहरुकै हलो जोतेर खाएको कारणले गर्दा पनि हामी यसैका कारण पछि छौँ कि जस्तो लाग्छ ।

० हरेक मानीस जन्मिदा दलित भएर जन्मदैन । न उस्को जात हुन्छ न वर्ग हुन्छ, न उ धनि हुन्छ न गरीब । समाजले उसको वर्ग जात छुट्याईदिएको मात्र अवस्था हो । यसलाई स्वीकारेर बस्नुमा कति पिडा छ र यस्लाई हटाउन कस्ता कस्ता काम गरीरहनुभएको छ दलित अधिकारकर्मीहरुले ?
– यसमा भन्दा हामीले कुनै ब्राम्हणहरु बिरामी पर्दा, उनीहरुलाई रगतको आवश्यकता पर्याे भने, कुनै खास अङ्ग चाहियो चने दिने गर्छौ । किन भने उनीहरुको हात काट्दा पनि त्यहि रातो रगत आउछ र हाम्रो काट्दा पनि । तर पछि भेदभाव हुन्छ । यो कुरा बुझाउन पनि युवाहरुलाई जागरुक बनाईरहेका छौँ ।

० उनिहरुको ज्यन बचाउन पर्यो भने दलित भनेर हरीदैन, यसरी जान सकिन्छ भन्ने तपाईको धारणा । अरु के के हुन सक्ला ?
– दलित भनेर समाजले भनिरहँदा सरकारले पनि हाम्रो आवाजलाई उजागर गर्दिने हो भने अलि सहयोग हुने थियो ।

० राज्यले बनाउने निति नियमहरु बनाउँछ, बनाईरहेकै छ तर व्यवहारमा हामी समुदायम नै बसेका मनिसले लानु पर्ने हो । तपाँई सामाजिक अभियनता भईरहँदा छुवाछुत जन्य केहि घटनाहरु घटेका छन् ?
– अब बाहिर हिड्दा त्यति साह्रो त छैन तर घर गाउँमा चाहिँ छ नै । तँ दलित हो अलिकती उता बस् न, यहाँ लिपेको छ भन्ने खालको कुराहरु सुनिन्छ । बहिर होटलहरुमा बासस्थानहरुमा छैन ।

० त्यस्तो गाउँमा गरीने व्यवहारमा तपाँईको जवाफ के हुन्छ ?
– अब त्यसमा जवाफ के हुन्छ भने जस्तै अब हाम्रो घरमा आउनुहुन्छ, अनि ल बसौ हजुर भनेर पीर्का मेज के छ दिँदा बुढा पाकाहरु बस्न मान्नुहुन्न ।

० यसरी आउँदा बस्न अनुरोध गर्दा पनि बस्न नमान्दा कस्तो अनुभव हुन्छ ?
– हैन अब नराम्रो त लाग्छ नै । दलित नै भैयो जस्तो पनि लाग्छ लाग्न चाहिँ । उनिहरुलाई के भन्छु भने किन हामी पछाडि परेका होला त अलि युवा भएर पनि मलाई बताईदिनुहोस् त भन्दा, उनीहरुले भन्छन् हिँजो हाम्रो बुवाहरुको हजुरबुवाको कुरामा परियो के गर्नु । हामी त अब तिमि सँगै बसेर खान सक्छौँ, सँगै बसेर खान सक्छौँ, बा ले नदेख्ने गरी तपाँईकै घरमा आएर खान सक्छौ तर बुवाले तँ यस्तो उस्तो भन्नुहुन्छ । त्यहि भएर यस्तो भएको हो भन्छन् युवाहरु ।

० युवाहरुमा सकारात्मक सोच भएमा समाज परिवर्तन गर्न सकिन्छ भन्ने तपाँईको सोच ?
– हजुर हो, किनभने युवा बाट नै सम्भव छ जस्तो लाग्छ । यो अहिलेको स्थिति देख्दा केहि बर्षमा नै भेदभाव रहित समाज बन्छ भन्ने लाग्छ ।

० तपाँईले द्धन्दको पिडा पनि भोग्नु भएको भन्ने जानकारी पाएको छु, कस्तोे पिडा भोग्नुभयो ?
– यो २०६० साल चैत्र ७ गते थोरै कामले काठाण्डौ आएको थिएँ । मेरो भाई चाहिँ बेपामा जागिरे थियो । घरमा आमा बुवालाई पैसाको अभाव थियो । भाईको तलब लिएर आईज भनेर घरबाट पठाउनुभयो । आएर पैसा लिएर गएँ तर फर्कदा गाउँकै मान्छेले साथीले तँ माओवादी होस् कि हैनस् भनेर सोधे । मैले म किन माओवादि हुनु, म त सोझो मान्छे काम गरेर खानुपर्ने मान्छे म होईन भनेर भन्दा उहाँले प्रहरीलाई खबर गर्नुभयो, रिपोर्ट गरीदिनुभयो । त्यसपछि थलिबाट प्रहरीहरु आउनुभयो । अनी मैले सर म माओवादी होईन, म त काम गरेर खानुपर्ने गरीब दुखि मान्छे भने । साथीले रक्सी खाएर यस्तो गलत आराप लगाएको हो भन्दा कुनै सुनुवाई भएन । उनीहरुको सबै परीवारले नै मलाई आरोप लगाए म एक्र्लै परेँ । मैले भनेको केहि लागेन ।

० त्यस पछि के भएको थियो ?
त्यस पछि मलाई प्रहरीले मुलपानीमा बुझायो त्यहाँबाट मलाई धेरै यातना दिईयो, प्रहरीले हिरासतमा राखेर । मुलपानीमा चाहिँ व्यारेकमा राखेर धेरै यातनाहरु दिईयो, मेरो हालत निकै खराब भएको थियो । बिहानको बेलुकि नै मैले निकै पिटाई खाएँ । मैले होईन भन्दा पनि धेरै यातना दिईयो, मेरो कुनै कुरा सुनिएन ।

० अहिले जुत तपाँईलाई पिडामा पुर्याउने पिडक कहाँ हुनुहुन्छ ?
उहाँ अहिले यहिँ सिन्धुकोटमा नै हुनुहुन्छ । मेरै आसपासमा हुनुहुन्छ ।

० राज्यमा शान्ति प्रक्रिया आईसक्यो, सबै पार्टिहरु एकै ठाउँमा भईसके, पहिला पिडा दिनेहरु पनि सरकारमा गईसके । तपाँईको पिडा त तपाँईसँगै छ, के छ अहिले गाउँको अवस्था ?
– मलाई पिडामा पार्ने व्यक्ति गाउँमा नै छ । मलाई अझै पनि विभिन्न कुरामा दावी गरेर हिँडिरहेको पनि छ । सिन्धुकोटमा नै म एक्लै हो यस्तो भोग्ने । सरकारले म जस्तो द्धन्द पिडितलाई केहि गर्नु पर्ने हो । मैले कति पटक वडामा पनि भनेँ तर लागु भएन । ठिकै छ, केहि छैन भन्ने सोच राखेर अघि बढ्छु । बादल लागेको पानी परेको दिनमा उठ्न सक्दिन, जिउ साह्रै दुख्छ सायद धेरै यातना भोगेको भएर होला ।

० त्यहाँबाट कसरी मुक्त हुनुभयो जुन हिरासतमा राखिएको थियो, निर्दोश भनेर छाडियो अथवा कसैको पहलमा, के भएको थियो ?
– के भएको थियो भने मुलपानीबाट मलाई सिधै सिंहदरवार लगिएको थियो रे, मलाई याद छैन । किन भने मलाई नजरबन्द गरीएको थियो, आँखामा पट्टी बाँधिएको थियो । चैत्रको घाममा बाहिर राखिन्थ्यो । खाना पनि त्यस्तै हुन्थ्यो । बेलुका ५ बजेबाट मलाई निकालियो लगभग साडे २ घण्टा मलाई कुटे यातना दिए । अनि अत्ति नै भयो, ज्यानै माया मार्ने अवस्थामा पुगेको थिएँ । मलाई माओवादी नै होस् भनेर हान्ने, मैले हैन भन्दा लगभग ४ सय हात जती पाईप मेरो पैतालामा हानेर सक्काएका थिए । अहिले छाला नयाँ उम्रेको छ । जब पैतालामा हानिन्थ्यो, टाउको सम्म दुख्थ्यो । अहिले मरेको सरह छु तर बाँचिरहेको छु ।

० तपाँई कसरी छुट्नुभयो, राज्य शान्ति प्रकृयामा आईसकेपछि छुट्नुभयो या त्यो भन्दा पहिले छुट्नुभयो ?
– यस्तो मलाई ६० साल चैत्र ७ गते पक्राउ गरीयो । म निस्किँदा खेरी बैशाखको १४ गते तिर मलाई निकालियो । भाग्यले बचाएको जस्तो लाग्छ । सानै उमेरमा कसैले गलत आरापको भरमा माओवादी भनेर धेरै कुटपिट भयो बिना कुनै अनुसन्धान । गाउँमा मेरो आमालाई लगभय १०–११ दिन पछि थाहा भयो । त्यसपछि मेरो सानो बुवा हुनुहुन्छ आईते विशंखे । उहाँले मलाई गौशाला प्रहरीमा हुनुहुन्छ मनपरी तामाङ जो त्यहाँको सहिसाहाब हुनुहुन्छ । अनी सानोबुवाको चिनजानको मान्छे भएपछि उहाँलाई यो मेरो भतिज हो माओवादी भनेर फसाईएको रहेछ भनेर गुनासो गर्नुभएछ । सानो मान्छे, त्यस्तो केही हैन मेरो भतिज भनेर के गर्नु पर्छ गर्दिनु पर्यो भन्नु भएछ । त्यतिबेला मेरो घरमा श्रीमती दुई जिउकी थिईन् । यसो भनेपछि उहाँ सरले यो कुरा फिल्डमा गर्न मिल्दैन, म बुझ्छु, उ मर्दैन उ घरमा आँउछ भनेर भन्नुभएछ । सधै साडे २ घण्टा आर्मीहरुले कुट्थे । आँखामा पट्टी बाँधेर पोखरी नजिक राख्थे, पछाडिबाट लात्तीले हान्ने गर्थे । धेरै पिडा भोगेँ । मेरो ज्यान कमै नलाग्ने अवस्थामा पुगेपछि यो माओवादी होईन रहेछ भनेर छाडियो ।

० तपाँईले भोग्नुभएको पिडाहरुको क्षतीपुर्ति त हुँदैन, त्यहाँबाट छुटने अवस्था कतिको सहज थियो ?
– मैले सोचेको पनि थिईन घर फर्कन्छु भनेर । जंगलको खाडलमा हुन्छु होला भन्ने सोचेको थिए । म सँगैको साथिहरुलाई पनि धेरै यातना दिईन्थ्यो । यस्तो देख्दा साह्रै रुन्थेँ । मैले काम गरेको साहुजी रातो पुलमा हुनुहुन्छ । मलाई कन्ट्याक तीर छ त भनेर सोध्नुभयो त्यहाँका जवानहरुले अनि मैले अब सास मात्रै बाँकि छ, मार्दिनुस् भने । घरमा परिवार छ, म जिउन सक्दिन होला सायद, मैले घरमा गएर गर्न पनि केहि सक्दिन बरु मार्देउ भनेँ । अनी उहाँ साहुजी आउनुभयो धर्मराज दाहाल भन्ने । यो मेरो मान्छे हो । उ निर्दाश छ । यस्तो मान्छेलाई किन यस्तो गर्नुभएको भन्नुभयो । यस्तो काम गरेर खाने बच्चालाई माओवादी भनेर यस्तो हालत बनाएर के गर्न खोज्नुभएको भन्नु भयो । त्यो दिन पछि मलाई कुटपिट भएन । ८–१० दिन आराम गरे । अनी मलाई त्यहाँका सरहरुले भाई तिमि माओवादी होईन रहेछौ, अक तिमि जान सक्छौ भने पछि मैले हैन सर अब मरिसकेको मान्छे म, बाँचेर पनि के नै गर्न सक्छु र । जग्गा जमीन पनि कम छ, सम्पत्ति पनि छैन भने । उनीहरुले भाई हामीले अनुशन्धान गर्नुपर्छ, जेजे भयो भयो भनेर भन्नुभयो । अनी मैले काम गरेको घरको साहु जीले मलाई लिन आउनुभयो मेरो उपचार गराउनुभयो । १०–१५ हजार पैसा पनि दिनुभयो । मलाई जहाँ समातीएको थियो त्यहिँ लगेर छोडियो ।

० हस् आफ्नो भोगाई हामी समक्ष राखिदिनुभयो, समय र बिचारको लागि धेरै धन्यवाद ।
– तपाँईलाई पनि धेरै धन्यवाद ।

Facebook Comments