रोशी सहकर्मी–फागुन २७,
२०७६,काभ्रे/

बजारमा माक्सको अभाव हुन थालेपछि वडाले नै माक्स बाँड्न थालेको छ । धुलिखेल नगरपालिका वडा न १० ले निःशुल्क माक्स बाँडेको हो ।
उक्त वडाले कोरोनाबाट बच्न बिद्यार्थीलाई निःशुल्क माक्स र साबुन वितरण गरेको छ । वडा कार्यालयले आज एक कार्यक्रमका बीच चार सय बिद्यार्थीलाई निःशुल्क माक्स र साबुन वितरण गरेको हो । धुलिखेल वडा न १० का अध्यक्ष पुष्पराज राउतले कोरोना भाइरसबाट बच्नका लागि बिद्यार्थीलाई साबुन र माक्स वितरण गरेको जानकारी दिनुभयो । कालिका माध्यमिक बिद्यालयका २७७ र बालज्योती आधारभूत बिद्यालयका १४४ बिद्यार्थी र शिक्षकलाई माक्स र साबुन वितरण गरिएको वडा अध्यक्ष राउतले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिनाले बिद्यालयका प्रधानध्यापकलाई माक्स र साबुन वितरण गर्नुभयो । कार्यक्रममा धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सन्दिप केसी, धुलिखेल नगरपालिका वडा न १० स्वास्थ्य चौकीका इन्चार्ज शंकर अधिकारीले कोरोना भाइरस नेपालमा नआएपनि सचेतना जगाउन आवश्य रहेको जानकारी दिनुभयो ।

Facebook Comments Box