रोशी सहकर्मी–चैत्र ३,
२०७६,पनौती/

काभ्रेको पनौतीमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास प्रहर गरेको छ । आज अपरान्ह अन्दाजि ४ः३० बजे पनौतीमा खानीखोला गाउँपालिका वडा नं १ की ३३ वर्षीय जुनी मायाँ गोले र उनकी छोरी ३ वर्षीय स्मारीका गोलेको टिपरको ठक्करबाट मृत्यु भएपछि आफन्तले चालकलाई कडा कारबाही हुनुपर्ने र क्षतीपुर्तिको माग गर्दै प्रदर्शन गरेका हुन् । उनिहरुले गाडिहरुमा तोडफोड समेत गरेका छन् ।
प्रहरीले भिड तितरबितर बनाउन हवाई फायर समेत गरेको छ । प्रहरीले बसपार्क प्रवेशमा कडाई गरेको पनि बुझिएको छ । टिपर चालक रोशी गाउँपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जनाएको छ ।
बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिदाँ आमा छोरी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागी शीर मेमोरियल बनेपामा लगीएको भए पनि उपचारको क्रममा उनिहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

Facebook Comments