यश कुमार परियार–चैत्र १०,
२०७६,काभ्रे/

जिल्लाको पाँचखाल नगरपालिकाले आह्वान गरेको स्वःघोषित कर्फ्यु जारी रहेसँगै आज राती (सोमबार) १२ बजेपछि लक डाउन गर्ने निर्णय गरेको छ । हिजो नगरप्रमुख महेश खरेलको अध्यक्षतामा बसेको विपद व्यवस्थापनको बैठकले स्वःघोषित कर्फ्यु जारी गरेको थियो । निर्णय सँगै आज उद्योग वाणिज्य संघ पाँचखालको सहयोगमा पसल, कलकारखाना पूर्ण रुपमा बन्द भएको छ । स्वःघोषित कर्फ्यु भन्नाले नगर भित्रका नागरिकहरु अत्यावश्यक काम बाहेक घरभित्रै बस्नु भनिएको हो ।
त्यस्तै नोभेल कोरोना भाईरसको उच्च जोखिमलाई मध्यनजर गर्दै आज राती १२ बजेबाट लक डाउने गर्ने निर्णय गरेको छ । लक डाउन भएपछि अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द हुने छन् ।
नगरपालिकाले पाँचखाल प्राथमिक स्वास्थ्य चौकीमा ५ बेडको आइसोलोसन वार्ड तत्काल व्यवस्था गर्ने जनाएके छ । नगरप्रमुख खरेलका अनुसार समाजकल्याण प्राथमिक विद्यालयमा क्वारेन्टाईन वार्ड बनाउने गरी तयारी थालिएको छ ।

Facebook Comments