रोशी सहकर्मी–चैत्र १५,
२०७६,सिन्धुपाल्चोक/

विश्वभरि फैलिएको कोरोना भाइरसको त्रास हटाउन बलेफी गाउँपालिकाको लामोसाँघु बजार र सुनकोशी गाउँपालिका अन्र्तगत पर्ने लामोसाँघु पारीको बजारमा डिस्इन्फेक्टेड औषधि छर्किएको छ ।

लामोसाँघुमा रहेको संस्कृति तथा वातावारण संरक्षण मञ्चले बजार क्षेत्रका घर, तथा सडकमा औषधि छर्किएको हो ।

कोरोनाको त्रास हटाउन र सङ्क्रमण नहोस भनेर उक्त औषधी छर्किएको स्थानीय युवा जीवन श्रेष्ठले बताउनुभयो ।

Facebook Comments