रोशी सहकर्मी असोज ३०,
कृषि ज्ञान केन्द्र धुलिखेल, काभ्रेले रैथाने बाली संरक्षण तथा प्रर्वद्धन गर्ने कृषकलाई पुरस्कृत गरेको छ । ३९ औं विश्व खाद्य दिवसको अवसरमा विहीबार कृषि ज्ञान केन्द्रले सिन्धुपलाञ्चोक र काभ्रेका कृषकलाई नगद सहित पुरस्कृत गरेको थियो । जिल्ला मै सबै भन्दा बढी कोदो, फापर उत्पादन गर्ने चौँरीदेउराली गाउँपालिका वडा न ८ का अर्जुन विकलाई नगद दुई हजार सहित प्रमाणपत्र दिइएको थियो । त्यस्तै बेथानचोक गाउँपालिका वडा न २ का कृषक यज्ञप्रसाद तिमल्सिनालाई नगद १५ सय सहित प्रमाणपत्र दिइयो । होमस्टे मार्फत रैथाने बालीको प्रचारप्रसार र परिकार बनाएर बाह्य पर्यटकलाई खुवाएको भन्दै नमस्ते सामुदायिक होमस्टे पनौतीलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
त्यस्तै सिन्धुपलाञ्चोक जिल्लाको हेलम्बु गाउँपालिकाका कृषक सुमित्रा केसीलाई रैथाने बाली संरक्षण गरेको भन्दै नगद सहित पुरस्कृत गरिएको थियो । जिल्ला समन्वय प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, कृषि ज्ञान केन्द्र धुलिखेल काभे्रका प्रमुख डा. जनार्दन खड्काले उनीहरुलाई पुरस्कृत गरेका हुन् ।
त्यस्तै विश्व खाद्य दिवस कै अवसरमा ‘हाम्रो पहलः स्वास्थ्य आहार, भोक मुक्त संसार’ भन्ने बिषयमा माध्यमिक बिद्यालय स्तरीय निवन्ध प्रतियोगिता भएको थियो । जसमा ज्ञानज्योती माध्यमिक बिद्यालयका छात्र नबीन मानन्धर प्रथम, बिद्यासागर बिद्यालयका छात्रा दृष्टि योन्जन द्धितिय, आजाद माध्यमिक बिद्यालयकी छात्रा रुपा रम्तेल तृतिय र सञ्जीवनी माविका छात्र श्रीराम न्यौपानेले सान्त्वना पुरस्कार जित्न सफल भएका छन् । उनीहरुलाई क्रमश दुई हजार, पन्ध्र सय, एक हजार र आठ सय सहित प्रमाणपत्र दिइएको छ ।

Facebook Comments Box