रोशी सहकर्मी–चैत्र १८,
२०७६, सिन्धुपाल्चोक/

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र आसपास रहेर काम गर्ने मजदुरहरुलाई घर पठाइएको छ । कोरोना भाइरस कोभिड १९ को कारण काम रोकिएर अलपत्र परेका ९८ जना कामदारलाई अनुमतिपत्रको व्यवस्था गरी घर पठाइएको इलाका प्रहरी कार्यालय मेलम्च्ीका प्रहरी निरिक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । चितवन, बर्दीया, बाँके, सिन्धुली, सप्तरी, रुकुम, सल्यान, धादिङ, जाजरकोट, काठमाण्डौ, गोरखा र मकवानपुर घर भई यस क्षेत्र अन्तरगत पर्ने मेलम्ची भोताङ, मेलम्ची धाप सडक खण्डमा निर्माण कार्य गर्ने र याङग्री लार्के सडक खण्ड निर्माणको काम गर्ने ९८ जना कामदारहरुलाई घर पठाइएको हो ।

Facebook Comments Box