यश कुमार परियार–चैत्र १९,
२०७६,काभ्रे/

नमोबुद्ध नगरपालिका वडा नं २ दाहाल डाँडामा लक डाउन उल्लंघन गर्ने ९ जनालाई भकुण्डे प्रहरीले नियन्त्रणमा आज (बुधबार) बिहान लिएको छ । लक डाउनको समयमा बजारमा अनावश्यक काममा निस्किएका भन्दै प्रहीले नियन्त्रणमा लिएकको वडा अध्यक्ष सञ्जीब ढकालले जानकारी दिए ।

पक्राउ परेका ९ जनालाई एक घण्टा उभ्याएर कोरोना सम्बन्धि प्रशिक्षण दिएर छाडिएको भकुण्डे प्रहरी चौकीका ईन्चार्ज सई अशोक महात्तोले जानकारी दिए । साथै आगामि दिनमा लकडाउनको उल्लंघन नगर्ने प्रतिवद्धता सहित छाडिएको उनले बताए ।

वडा अध्यक्ष ढकालले वडामा अपरिचत मानिसको आवतजावतमा निगरानि गरिरहेको बताए । कोरोना संक्रमण र त्रासको वातावरण सिर्जना हुन नदिन हरेक तवरबाट आफु निरन्तर लागि परेको बताए । लक डाउनको अवधिभर सबैजना घर भित्रै बसौँ भन्दै आफु अरु कोहिको सम्पर्कमा नजान र अरु कोहि आफ्नो सम्पर्कमा नल्याउन पनि अनुरोध गरे ।

Facebook Comments Box