रोशी सहकर्मी–चैत्र १९,
२०७६,काभ्रे/

तेमाल गाउँपालिकाको वडा नम्बर ६ का विभिन्न सार्वजनिक स्थलहरुमा हात धुने व्यवस्था सहित स्वास्थ्य सामग्रीहरुको व्यवस्थापन गरेको छ । वडा अध्यक्ष विकुलाल तामाका अनुसार विश्वभर फैलिरहेको कोरोना भाईरसको रोकथाम साथै नियन्त्रणका निमित्त वडामा रहेका गुम्बा, स्वस्थ्य चौकि, बसपार्क क्षेत्र, बजार क्षेत्र साथै मानिसहरु आवतजावत गर्ने २० स्थानहरुमा हात धुने आवश्यक सामाग्रीहरु साबुन, पानी, सेनेटाइजरको व्यवस्था गरिएको बताए ।

साथै सर्वसाधरणहरुलाई मास्कको बितरण गरिएको पनि उनले जानकारी दिए । उनले हिजो मंगलबार एक विज्ञप्ति निकाल्दै बिश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारणले बिश्व भरि नै ठूलो जनधनको क्षति पुर्याइरहेको र यसको संक्रमण नेपालमा पनि देखिएकोले तेमाल गाउँपालिका वडा नं ६ ले पनि यसको रोकथामको लागि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार क्षमताले भ्याए सम्मको कार्य गर्दै आएकोछ । बि.स. २०७६ चैत १९ गते लक डाउन अनुगमन निरिक्षणका साथै सार्वजनिक स्थलमा हात धुने आबश्यक सामाग्रीहरु साबुन पानी, सेनेटाइजर र तौलियाको ब्यबस्था र मास्कको बितरणको लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहितको टोली गाउँ बस्तीमा आउने जनाएका थिए । सोहि अनुरुप आज काम भएको र केहि कारण बस् तौलिया नआईपुगेको उनले बताए ।

वडा अध्यक्ष तामाङले विभिन्न् स्थानमा जनचेतना मुलक कार्यक्रम समेत भएको जनाए । र आवश्यकता अनुरुप आगामी दिनमा थप कार्यहरु गर्दै जाने बताए ।

Facebook Comments