रोशी सहकर्मी–चैत्र १९,
२०७६,धुलिखेल/

धुलिखेल अस्पतालमा कोरोना भाइरसको आंशकामा भर्ना भएका दुई जनामा नेगेटिभ रिपोर्ट आएको छ । चार जना आइसोलेसनमा भर्ना भएका थिए । दुई जनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले चार जनाको कोरोना भाइरसको स्वाब परीक्षणका लागि पठाइएकोमा दुई जनाको रिपोर्ट नेगेटिभ आएको र दुई जनाको आउन बाँकी रहेको जानकारी दिनुभयो ।

दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ, एक जना मंगलबार मात्र आइसोलेसनमा भर्ना हुनुभएकोले आज टेष्टका लागि पठाउँछौँ भने एक जनाको टेष्टका लागि पठाएपनि रिपोर्ट आइनसकेको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments