रोशी सहकर्मी–चैत्र १९,
२०७६,पनौती/

काभ्रे जिल्लाको पनौती नगरपालिकाले कोरोना विपदसंग जुझ्ने गरि आपूर्ति व्यवस्थालाई सहज बनाउन वडास्तरसम्म आपूर्ति व्यवस्थापन समिति गठन गर्ने भएको छ । नगरस्तरीय विपद व्यवस्थापन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । वडास्तरीय आपूर्ति व्यवस्थापन समिति सो वडाको वडाअध्यक्षको संयोजकत्वमा ७ जनाको हुनेछ ।

नगरपालिकाले नगरभित्र अन्य जिल्लाबाट रोजगारीमा आएकाहरुको समेत विवरण संकलन गरि प्रत्येक वडाबाट १०⁄१० र वडा नं। ७ बाट २० अति विपन्न खाद्य संकट व्यहोरीरहेका परिवारको विवरण पालिकामा पठाउन वडा तहलाई आह्वन गरेको छ ।

साथै बैठकले पनौती नगरमा फूड बैंक संचालन गर्ने निर्णय समेत गरेको छ । दैनिक उपभोग्य वस्तु संकलनका लागि फूड बैंक संचालन गर्ने निर्णय भएको हो । फूड बैंकको संचालन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा नगरको वडा ७ स्थित इन्द्रेश्वर प्रा।वि हुने तय भएको छ ।

नगरपालिकाभित्र आफूखुसि चन्दा वितरणलाई रोकी राहत प्याकेज ९पूर्ण प्याकेज वा आइटम० लाई सहयतादाताबाट स्वीकार्ने छ ।

Facebook Comments