रोशी सहकर्मी–चैत्र १९,
२०७६,रामेछाप/

रामेछाप जिल्लामा ७६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । आजसम्म गोकुलगंगा गाउँपालिकामा ७ जना, दोरम्बा गाउँपालिकामा ४ जना, मन्थली नगरपालिकामा १० जना, रामेछाप नगरपालिकामा २६ जना , सुनापति गाउँपालिकामा १३ जना , खाँडादेवी गाउँपालिकामा ११ जना , लिखुतामाकोशी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो ।

यसमध्य ६८ जना होम क्वारेन्टाइनमा बसेका छन् । हालसम्म दोरम्बा गाउँपालिकामा ६ जना र गोकुलगंगा गाउँपालिकामा ३ होम क्वारेन्टानमा बसेकाको स्वास्थ्य स्थिति सामान्य भएपछि उनीहरुलाई निगरानीबाट छुटाइएको कर्णले जानकारी दिनुभयो ।

Facebook Comments