रोशी सहकर्मी–चैत्र २०,
२०७६,काभ्रे/

जिल्लाको बनेपा प्रहरीले बिहीबार लकडाउन उलंघन गर्दै हिड्ने करिब एक सय बढिलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बनेपाले लकडाउनको दशैँ दिन अनावश्यक रुपमा हिड्डुल गर्नेलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएकालाई बनेपा बसपार्कमा राखेर लकडाउनका बेला गर्न हुने र नहुने कुरा जानकारी गराईएको थियो । त्यस्तै उनीहरूको ज्वरोको समेत जाँच गरिएको थियो । उनिहरुलाई अनावश्यक रुपमा बाहिर हिड्डुल नगर्ने लिखित प्रतिबद्धता सहित छाडिएको छ ।

Facebook Comments Box