रोशी सहकर्मि/काभ्रे-असोज ०३,
जिल्लाको बिकट मानिने महाभारत गाउँपालिकाको ४ स्थानमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह काभ्रेले विस्फोट गराएको छ । साविक बुढाखानीको साल्मे, ब्रामनटार, बुढाखानी डाँडा र सिपालीडाँडामा सिलिण्डर विस्फोट गराएको हो ।
जिल्ला प्रहरी कार्यलय काभ्रेका एसपी जयराज सापकोटाले रेडियो रोशी संग बोल्दै बम पड्कििएको भन्ने सुनिएको छ, विस्तृत जानकारी प्राप्त भएको छै्रन भनेका छन् । चन्द समुहले त्रास फैलाउन यस्तो गरेको बताएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षको टोली घटनास्थलमा परिचालन गरेको जानकारी दिए ।
विप्लव समूहका कार्यकर्ताले दुई गाँउपालीका कार्यलयमा समेत विस्फोट गराउने चेतावनी दिएको स्थानीयहरुले बताएका छन् ।
यता, नेत्र बिक्रम चन्द विप्लब नेत्रित्वका जिल्ला सचिव दर्शन लामाले दुई गाँउपालीकाका जनप्रतिनिधिहरुको राजिनामा माग गर्दै गाँउपालीकाको विभीन्न स्थानमा बम बिस्फोट गराईएकोे बताएका छन् । जिल्लाको खानीखोला गाउँपालिकाबाट यसअघि विप्लव समूहका नेता हेमन्तप्रकाश वलीसहितका केन्द्रीय नेतालाई पक्राउ गरिएको थियो ।

Facebook Comments Box