रोशी सहकर्मी–चैत्र २५,
२०७६,काभ्रे/

काभ्रेको भुम्लु गाउँपालिकाले कोरोना भाइरसको असर कम गर्न पालिका क्षेत्रका सबै स्थानमा ‘डीसइन्फेक्सन-स्प्रे’ छर्न शुरु गरेको छ ।

कोरोना भाईरस (कोभीट-१९) को सम्भावित जोखिम न्यूनीकरणको लागि भुम्लु गाउँपालिकाद्वारा पालिकाको क्षेत्रभित्र ‘डीसइन्फेक्सन-स्प्रे’ छर्किने कार्य प्रारम्भ भएको गाउँपालिकाको अध्यक्ष गुमानध्वज कुवरले जानकारी दिए ।

उनका अनुसार अरनिको राजमार्ग भएर आवात/जावात गर्नेको संख्या बढी भएको कारणले र दोलालघाटको बजारमा भिडभाड बढी हुने भएकोले ‘डीसइन्फेक्सन-स्प्रे’ छरेको हो ।

आज दोलालघाटबाट औसधि छर्कन सुरु गरिएको पालिका भित्र सबै वडामा औषधि छर्ने गाउँपालिकाको अध्यक्ष गुमानध्वज कुवरले जानकारी दिए । औसधि छर्कने कार्यमा बागमती प्रदेश सभा सदस्य लक्ष्मण लम्सालको उपस्थिति रहेको थियो ।

Facebook Comments