Wednesday, June 3, 2026
Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाको प्राविधिक टोलीले ग¥यो निरीक्षण

RadioRoshi by RadioRoshi
शनिबार, कार्तिक २४, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाको प्राविधिक टोलीले ग¥यो निरीक्षण
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

गत असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ । कात्तिक दोस्रो साता दुई दिन र बिहीबार गरी दुई पटक अवलोकन–निरीक्षण भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

यसअघि कार्यालय पनि क्षतिग्रस्त सडक पुनःनिर्माणबारे जाइकाको निर्णयको पर्खाइमा थियो । जाइकाको प्राविधिक टोलीद्वारा दुईपटक अवलोकन निरीक्षण भइसकेको र आगामी डिसेम्बर पहिलो हप्तासम्ममा प्रतिवेदनसहित निर्णय आउने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो । उहाँको अनुसार जाइकाको निरीक्षण–प्रतिवेदनसँगै नेपाल सरकारले पनि पुनःनिर्माणको तयारी गरिरहेको छ ।

उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गर्नुभएको थियो । ‘जाइकाको प्रतिक्रियाको पर्खाइमा पनि छौँ, डिसेम्बर पहिलो हप्तासम्ममा जाइकाको निर्णय आएपछि निर्माण थालिनेछ’, इन्जिनियर योगेशले भन्नुभयोे, ‘पुनःनिर्माणका ढिला गर्ने पक्षमा छैनौँ, नेपाल सरकारद्वारा तत्कालै निर्माण थाल्नेगरी सरोकारवाला निकायसँग छलफलसँगै सर्वे र डिजाइनको तयारी पनि सुरु भैसकेको छ।’

जाइकाले निर्माण नगरे करिब दुई महिनाभित्र सडकको पुनःनिर्माण गर्न डिभिजन सडक कार्यालयनै सुरु गर्ने उहाँको भनार्ई छ । उक्त राजमार्गको सडक पुनःनिर्माण गर्न रु सात अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

विपी रानमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा रहेको छ । बाढीपहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइएपनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखिनै साँझ छ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ ।

केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको छ ।

योगेशका अनुसार प्रधानमन्त्री ओलीसँग राजमार्ग पुनःनिर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप छलफल भइरहेको छ । बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तहहरु, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा गत असोज २५ गतेबाट सञ्चालन गरिएको हो ।

पछिल्लो पटक राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारस्थित बोक्सीकुनामा डाइभर्सन बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी सञ्चालनमा ल्याइएको योगेशले बताउनुभयो । उहाँको अनुसार बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब दुई सय मिटर सडक पनि अस्थायी रुपमा एकतर्फी खुलाइएको छ ।

बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमास्थल नेपालथोकसम्म क्षति पु¥याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । ‘राजमार्गको सडक, पुल र कल्भर्टहरु बगेको स्थानमा हाललाई सडक सञ्चालनका लागि अस्थायी संरचना निर्माण गरिएको हो’, योगेशले भन्नुभयो । उहाँको अनुसार धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बाटो सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ ।

पुनःनिर्माण सडक दुई लेनको हुने जनाइएको छ । भत्किएको ठाउँमा खोलाको बगरमै दुई लेनको पुल बनाउने वा भित्ता काटेर सडक बनाउने वा तलबाटै पर्खाल उठाएर सडक तयार गर्ने भन्ने तीन वटा अवधारणामा छलफल भइरहेको योगशले बताउनुभयो । उहाँको अनुसार भत्किएका स्थानमा आवश्यकताअनुसार सयदेखि एक सय ५० मिटरसम्मका पुल ठाउँठाउँमा बन्नेछन् ।

कार्यालयका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकखण्डको १४ स्थानमा करिब दस किलोमिटर सडक क्षतिग्रस्त गराएको थियो । राजमार्गको कुल एक सय ६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पु¥याएको कार्यालयले जनाएको छ ।

जाइकाद्वारा निर्मित उक्त राजमार्ग सडक निर्माण गर्दा प्रति किमी रु ३५ करोड लागत थियो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ बाट विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो ।

खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको १ दशमलव १ बिलियन (जापानी येन) लागतका उक्त राजमार्ग निर्माण भएको हो ।–रासस

Previous Post

नमोबुद्धमा मादक पदार्थ सेवन गरी आफ्नै बुबाको हत्या, छोरा पक्राउ

Next Post

रास्वपा सभापति लामिछानेलाई आज चौथो पटक अदालत पेश गरिँदै

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
रास्वपा सभापति लामिछानेलाई आज चौथो पटक अदालत पेश गरिँदै

रास्वपा सभापति लामिछानेलाई आज चौथो पटक अदालत पेश गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

भैँसिपाटीमा सवारी दुर्घट्ना हुँदा १ जनाको मृत्यु

भैसीपार्टीमा मोटरसाईकल र ट्रक ठेक्कीदा मोटरसाइकल चालकको मृत्यु

मङ्लबार, साउन ३०, २०८०
माघ ७ र १० गते रोशीका यी दुई स्थानमा निःशुल्क आँखा शिविर हुदै

माघ ७ र १० गते रोशीका यी दुई स्थानमा निःशुल्क आँखा शिविर हुदै

बिहिबार, माघ ३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.