यश कुमार परियार–चैत्र २९,
२०७६,काभ्रे/

काभ्रेका विभिन्न स्थानिय तहमा पुर्व मन्त्रि गोकुल बास्कोटाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
बास्कोटाले सहयोग गरेको स्वास्थ्य सामग्रीमा रोशी गाउँपालिकालाई सर्जिकल मास्क २०० थान, स्यानीटाईजर १२ थान र पि.पि.ई सेट ४ थान रहेको छ ।

त्यस्तै प्रतिनिधि सभा सांसद गंगा बहादुर दोङ (बमध्वज) ले नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टि.पि. शर्मा तिमल्सिनालाई ४ सय थान मास्क, सर्जिकल मास्क ३ सय थान, १० थान पि.पि.ई., २५ एमएलका स्यानिटाईजर १२ थान हस्तान्तरण गरेका छन् ।

यस्तै बास्कोटाले पठाएको स्वास्थ्य सामग्रीमा धुलिखेल नगरपालिकालाई ७५ थान पीपीई, ६ सय थान मास्क तथा ७५ थान स्यानीटाईजर नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठलाई युवा विद्यार्थिहरुलाले हस्तान्तरण गरेका हुन् । नगरपालिकाले ७५ थान मध्ये धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई ४१ थान हस्तान्तरण गरेको छ ।

बास्कोटाले काभ्रेका नमोबुद्ध, बनेपा, पनौती, धुलिखेल, पाँचखाल, मण्डन देउपुर नगरपालिका र रोशी गाउँपालिकामा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । पूर्व मन्त्री बास्कोटाले जिल्ला भर १९५ वटा पी.पी.ई., २५ एमएलको २२९ पिस स्यानिटाईजर र ४ हजार थान सर्जिकल मास्क पठाएका हुन् ।

Facebook Comments Box