रोशी सहकर्मी–बैशाख १४,
२०७७,काभ्रे/

विश्वमै महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस ( कोभिड – १९) का कारण उच्च जोखिममा रहेर स्वास्थकर्मिले काम गरिरहेको अवस्थामा सुरक्षा कवचको रुपमा लिईएको व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) प्रारम्भ नामक सामाजिक संस्थाले निःशुल्क रुपमा रोशी गाउँपालिकालाई हस्तान्तरण गरेको छ । गाउँपािलका अध्यक्ष डिबी लामालाई रोशी नै पुगेर १५ थान पिपिई, २४ थान प्राथमिक उपचार सामाग्री, २० थान एन १९ मास्क, स्यासनटाईजर लगायतका सामान हस्ताण्तरण गरिएको प्रारम्भका प्रोजेक्ट डाईरेक्टर बद्रिराज तिमल्सिनाले जानकारी दिए ।

अध्यक्ष लामालाई सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि एवं प्रारम्भका अध्यक्ष कल्पना क्षेत्री, आनि छोईङ डोल्मा, प्रारम्भका प्रोजेक्ट डाईरेक्टर बद्रिराज तिमल्सिनाले संयोक्त रुपमा सामग्री हस्ताण्तरण गरेका थिए । साथै तेमाल गाउँपालिकालाई पनि १० थान पपिईि, २० थान प्राथमिक स्वास्थ्य सामग्री हस्ताण्तरण भएको थियो ।

प्रारम्भले रोशी र तेमाल सँगै विभिन्न निकायमा पुगेर हाल सम्म १ सय ९७ थान पपिईि वितरण गरिसकिएको छ । यस अघि टिचिङ अस्पताललाई २५ थान, विर अस्पताललाई २५ थान, पाटन अस्पताललाई २५, धुलिखेल अस्पताललाई २५ थान, बनेपा शिर मेमोरियल अस्पताललाई ५ थान, बनेपा अस्पताललाई २ थान, पनौती नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई १० थान वितरण गरिएको छ ।

प्रारम्भ र आनि छोईङ डोल्माको सहकार्यमा दैलेख सेवा समाज, मनाघरी फाउण्डेसन र भोलेन्टेयर्स रिसर्च फाउण्डेसनको समन्वयमा दैलेख जिल्लाका ११ स्थानिय तहका लागि २२ थान पिपिई वितरण गरिसकेको र थप वितरणको तयारी भैरहेको सिङगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले जानकारी दिईन् ।

Facebook Comments