रोशी सहकर्मी, कार्तिक ०६
सिन्धुपाल्चोकमा करेन्ट लागेर एकको मृत्यु भएको छ । आज बिहान भोटेकोशी गाउँपालिका–४ हिन्दीका ६० वर्षीय गोरे श्रेष्ठको मृत्यु भएको हो । करेन्ट लागेपछि उनलाई उपचारको लागी स्वस्थ्य संस्थामा लगीएको थियो । छिमेकी रुक्मिणी कार्कीको भूकम्पले भत्काएको दुई तले घरको छतमा रहेको पानी ट्याङ्कीकोे स्ट्याण्ड लिन जाँदा करेन्ट लागेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
पानी ट्याङ्कीको स्ट्याण्डलाई फलामको भ¥याङबाट तल झार्ने क्रममा नजिकै रहेको थ्री फेज लाइनमा छुन पुग्दा गोरेलाई करेन्ट लागेर घाइते भएका थिए । त्यस लगतै बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागी लगिएको र सोही क्रममा उनको मृत्यु भएको काफ्लेले जानकारी दिए ।

Facebook Comments Box