रोशी सहकर्मी–बैशाख १७,
२०७७,पनौती/

नेपाली काँग्रेस काभ्रेले पनौती र धुलिखेल नगरपालिकालाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) र मास्क वितरण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले जिल्लाका स्थानीय तहहरु मार्फत स्वास्थ्यकर्मीहरुलाई पिपिई र माक्स वितरण गरिरहेको काँगे्रसले आज पनौती र धुलिखेल नगरपालिकामा हस्तान्तरण गरेको हो ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम केन्द्रीय ट्रेड युनियन विभाग संयोजक शिव प्रसाद हुमागाई नेतृत्वको टोलीले पनौतीका नगरप्रमुख भीम न्यौपाने र धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मालाई पिपिई र माक्स वितरण गरेको थियो । पनौतीमा पिपिई र माक्स वितरण गर्नुहुँदै ट्रेड युनियन विभाग संयोजक हुमागाईले विपतमा काँगे्रसले सानो चिनो स्थानीय तहहरुलाई दिन सुरु गरेको बताए । उनले विपतमा एक जुट भएर अगाडि बढ्दा मात्र सफलता हासिल गर्न सकिने भन्दै विपतको समयमा राजनीतिक दल, जातजाती, धर्म, संस्कृतिका नाममा कुनै पनि भेदभाव नगर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे । उनले पछिल्लो समय काम भन्दा फेसबुके राजनीति मौलाएको भन्दै विपतको समयमा प्रचार भन्दा काम आवश्यक रहेकोमा जोडदिए । यो सामाग्री पर्याप्त नभए पनि यो संकटको घडीमा काँग्रेस पार्टीको तर्फबाट मायाको चिनोको रुपमा ग्रहण गर्न स्थानीय तहको प्रमुख हरुलाई हुमागाईले आग्रह गरे ।


नेपाली काँगे्रस काभ्रेले मंगलबारबाट स्वास्थ्य सामग्री स्थानीय तहमा हस्तान्तरण गर्न सुरु गरेको थियो । जसमा पाँचखाल, मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली र भुम्लु गाउँपालिकामा पिपिई सेट र माक्स वितरण गरिसकेको छ । बाँकी रहेका अन्य स्थानीय तहलाई केही दिनभित्रमा पु¥याइसक्ने हुमागाईले जानकारी दिए । नेपाली काँगे्रसका जिल्ला सचिव दिनेश लामाले स्थानीय तह मार्फत एक स्वास्थ्य चौकी एक पिपिई सेट पुग्ने गरी हस्तान्तरण गरिरहेको जानकारी दिए ।
वितरण कार्यक्रममा संविधान सभा सदस्य तीर्थ लामा, नेपाली काँग्रेस जिल्ला सचिव दिनेश लामा, क्षेत्रिय सभापति रमेशप्रसाद हुमागाई क्षेत्रिय सचिव गुणराज मुक्तान, नेपाली काँगे्रस पनौती नगरसभापति रामशरण भण्डारी, ट्रेड युनियन काँग्रेसको जिल्ला उप–अध्यक्ष सन्तोष गौतम, सचिव नारायाण सापकोटा, नेपाल शिक्षक संघका अध्यक्ष राजेशराज महत लगायतको सहभागी थियो ।

स्वास्थ्य सामग्री बुझ्दै पनौती नगरप्रमुख भीम न्यौपानेले नगरले सबैलाई समेटर विपत्तको सामाना गरिरहेको जानकारी दिए । उनले नगरले स्थापना गरेको खाद्य बैङक (फुड बैङक) मा ३० लाख बराबरको सहयोग जम्मा भएको र करिब २२ सय परिवारलाई राहत वितरण गरेको जानकारी दिए ।

Facebook Comments