यश कुमार परियार–बैशाख १७,
२०७७,काभ्रे/

कोरोना भाइरसले बन्दाबन्दीमा रहेका कारण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई दिइने नियमित खोप काभ्रे जिल्लामा संचालन भएको छ । नियमित रूपमा दिइँदै आएको बिसीजी, डिपीटी, पोलियो, हेपाटाइटिस, रुवेला, दादुरालगायत खोप रोकिँदा बालबालिकामा अर्को समस्या देखापर्ने भएकाले नियमित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार बैशाख ८ गतेबाट खोप शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट जोगिन स्वास्थ्यकर्मीलाई मास्क र पञ्जा लगाइ सुरक्षित भएर खोप लगाउन आग्रह गरिएको स्वास्थ्य कार्यलयका प्रमुख डा.नरेन्द्र कुमार झाले बताए । यसबाट दुई वर्षमुनिका बालबालिकाले स्वास्थ्य सुविधा प्राप्त गर्न सक्ने डा.झाले बताए । जिल्लाको ६ नगरपालिका र ७ गाउँपालिकामा गरी ९ सय ६२ खोप केन्द्र रहेको छ ।

Facebook Comments Box