रोशी सहकर्मी–बैशाख २३,
२०७७,काभ्रे/

बन्दाबन्दीका कारण ज्याला मजदुरीबाट जीवन यापन गर्ने काभ्रेपलाञ्चोक जिल्लामा करिब १७ हजार परिवारलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको छ । जिल्लाका स्थानीय तहहरुले न्युन आय भएका र ज्याला मजदुरीमा मात्र बाच्दै आएका परिवारको पहिचान गरी खाद्यन्न लगायत सामग्री वितरण गरिरहेका छन ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बन्दाबन्दी पछि १६ हजार ९०६ परिवारले राहत पाएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाहरुले राहत वितरण गरिरहेका छन ।

शहरमा कोठामा बस्ने, ज्याला मजदुरी गर्ने बढी रहने भएकाले बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल र धुलिखेल नगरपालिकाले राहत बढी बाँडेका छन भने ग्रामीण भेगका नगरपालिका तथा गाउँपालिकाले कम मात्रामा राहत बाँडेका छन ।

Facebook Comments