रोशी सहकर्मी–बैशाख २७,
२०७७,धुलिखेल/

धुलिखेल सामुदायिक अस्पतालले करिब छ सय जनाको थ्रोट स्वाब परीक्षण ‘पोलिमेरीज चेन रियाक्सन’ (पिसिआर) बिधिबाट परीक्षण गरेको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एव्म जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव नरेन्द्रकुमार झाले धुलिखेल अस्पतालबाट ५८९ जनाको परीक्षण सकिएको जानकारी दिनुभयो ।

परीक्षण भएका मध्ये ६९ जना काभ्रेका हुन् भने अन्य बाँकी टेकु अस्पतालबाट परीक्षणका लागि आएका ५२० को परीक्षण भएको थियो । धुलिखेल अस्पताललाई कोरोना भाइरस परीक्षणका लागि नेपाल सरकारले छ सय किट उपलब्ध गराएको छ ।

धुलिखेल अस्पतालका कोरोना परीक्षण ल्याब विभागका सूचना अधिकारी डा. सुमनराज ताम्राकारले कोरोना परीक्षण किट को अभाव हुदै गएको जानकारी दिनुभयो । टेकुपछिको धेरै कोरोना परीक्षण हुने धुलिखेल अस्पतालमा हुँदै आएको छ ।

Facebook Comments