रोशी सहकर्मी–बैशाख २८,
२०७७,काभ्रे/

पनौती नगरपालिका–१०, खोपासीमा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जारी भएको लकडाउनबाट प्रभावित सदस्यहरुलाई सहुलियत ऋण प्रदान गर्ने भएको छ । संस्थाले लकडाउनमा रहेका सदस्यहरुलाई अत्यावश्यकीय सामग्री खरिद तथा औषधि उपचार गर्न छ महिनाका लागि २५ हजार रुपैयाँ सम्म सहुलियत ऋण प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी संस्थाले बैशाख मसान्त सम्म ब्याज बुझाउने सदस्यलाई लाग्ने ब्याजमा १५ प्रतिशत र आगामी असार २५ गते सम्ममा ब्याज बुझाउने सदस्यलाई लाग्ने ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको संस्थाका मुख्य ब्यवस्थापक के.बी. लामाले जानकारी दिनुभयो ।

Facebook Comments Box