यश कुमार परियार–बैशाख ३०,
२०७७,काभ्रे (भकुण्डे)/

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ७ भकुण्डेमा अहिले व्यापक रुपमा फेलिरहेको अफवाह हो, दुई जनालाई कोरोना देखियो रे! एक कान दुई कान हुँदै यो कुरा मैदान भयो । एकै छिनमा त्रासको वातावरण सिर्जना भयो स्थानियमा । नजिकका साथिभाईमा पनि संकालु नजरले हेर्न थालियो ।

कोरोना आशंका गरिनेमा भकुण्डे चोक नजिकै कपाल काट्ने पसल खोलेर बसेका ४४ वर्षिय नगेन्द्र ठाकुर र २० वर्षिय विवेक ठाकुर रहेको भकुण्डे प्रहरी चौकीका ईन्चार्ज अशोक महत्तोले जानकारी दिए । उनिहरु दुवै बाबु छोरा हुन् । सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नम्बर १० घर भएका उनिहरु लकडाउन अघि चैत्र ९ गते आफ्नो घरबाट काठमाण्डै आएका थिए । लकडाउन पछि उनिहरु काठमाण्डौबाट भकुण्डे आएको आज (मंगलबार) ठिक २० दिन भईसक्यो । यद्यपी यदि दुवैमा कोरोना संक्रमण भएको रहेछ भने पनि १४ दिन भित्र लक्षण देखा परिसक्नुपर्ने हो । तर उनिहरुको अवस्था सामान्य छ ।

यतिकैमा चौतर्फी हल्ला फैलन थालेपछि, स्थानियले दवाव दिन थालेपछि कोरोना आशंका गरिएका नगेन्द्र ठाकुरले आफै भकुण्डे प्रहरी चौकीमा सम्पर्क गरि कोरोना जाँच गराउन भने । “म आफै कोरोनाबाट बच्ने उपायहरु अपनाईरहेको छु, अरुलाई पनि सम्झाउँछु, तर मलाई नै शंकालु नजरले हेर्न थाले पछि मैले प्रहरी चौकीमा फेन गरेर कोरोना जाँच गराउने प्रवन्ध मिलाउनु भनेको हो” रेडियो रोशीलाई ठाकुरले भने ।

यसैबिच नमोबुद्ध नगरपालिकाको सिफारीसमा मेथिनकोट अस्पतालले आज (मंगलबार) बिहान ११ बजे उनिहरु दुवैको आरडिटि परिक्षण गरिएको छ र दुवैको रिपोर्ट नेगेटिभ आएको छ । अर्थात दुवैमा कोरोना नदेखिएको मेथिनकोट अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट रामसरण श्रेष्ठले जानकारी दिए । “दुवै जनाको आरडिटि परिक्षण गरिएको छ, दवैको रिपोर्ट नेगेटिभ आएको छ” मेडिकल सुपरीटेन्डेन्ट श्रेष्ठले बताए ।

उनिहरु दुवै सर्लाहिबाट आएका कारण शंकाको नजरबाट हेरिएको स्थानियको बुझाई छ । हाल सम्म सर्लाहिमा १ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

Facebook Comments