रोशी सहकर्मी–जेठ १,
२०७७,काभ्रे/

धुलिखेल सामुदायिक अस्पतालमा १२ सय ६३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । जसमा काभ्रे जिल्लाका १०५ जनाको परीक्षण भएको हो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवम् कमाण्डपोष्टका सदस्य सचिव नरेन्द्रकुमार झाले ११ सय ६६ जनाको शुक्रराज ट्रपिकल अस्पताल टेकुबाट पठाइएका र २ जना सिन्धुपलाञ्चोक जिल्लाको मेलम्चीबाट पठाइएको स्वाब परीक्षण गरिएको थियो ।

उहाँका अनुसार परीक्षण भएका मध्ये १८ जनामा कोरोना देखिएको थियो अन्यको नेगेटिभ रिपोर्ट आएको छ । त्यस्तै जिल्लाका ५५४ जनाको आरडीटी परीक्षण गरिएको थियो । जसमा दुई जनाको पोजेटिभ रिपोर्ट आएपछि पीसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको थियो ।

Facebook Comments Box