रोशी सहकर्मी–जेठ ३,
२०७७,काभ्रे/

जिल्ला काभ्रेमा काम गर्ने संचारकर्मीहरुको कोरोना परीक्षण गरिने भएको छ ।

संक्रमणका बेला जोखिम उठाएर रिपोटिङ गर्नु पर्ने भएपछि नेपाल पत्रकार महासंघ काभ्रे शाखाको पहलमा जिल्लामा फ्रन्टलाइनमा कार्यरत पत्रकारहरुको कोरोना परिक्षण हुने भएको छ ।

सबै सञ्चारकर्मीहरुको जोखिमलाई मध्यनजर राख्दै कोरोना परिक्षण गर्न लागिएको नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अध्यक्ष मोतीराम तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार जिल्ला कमान्टपोस्टसँग समन्यव गरेर फ्रन्टलाइनमा कार्यरत पत्रकारहरुको कोरोना परिक्षण ९च्म्त्रएऋच्० जिल्ला काभ्रेको धुलिखेल स्थित धुलिखेल हस्पिटलमा गरिनेछ ।

Facebook Comments Box