रोशी सहकर्मी–जेठ ८,
२०७७,सिन्धुपाल्चोक/

स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने भएको छ । आफ्नो ड्युटी सकेर घर गएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई सुरक्षा सतर्कताको नाममा बाटो छेक्ने, घरबाट निकाल्न खोज्ने, गैरकानूनी चेकजाँच गर्ने, कानून विपरितको काम गर्ने, हतोत्साहित बनाउन खोज्नेलगायतका काम गरेको गुनासा आएपछि त्यस्ता व्यक्तिहरुलाई कारवाही गर्ने निर्णय भएको हो ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल गिराउन खोज्नेलाई कारवाही गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढेसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि अमानविय व्यववहार भएको व्यापक गुनासा आएको थिए । त्यसैगरी अनावश्यक रुपमा एम्बुलेन्सको दुरुपयोग गरी मानिस ओसारपसार भएकोलाई नियन्त्रण गर्न यात्राको सुरुदेखि गन्तव्यसम्म एम्बुलेन्सलाई निगरानीमा राखेर चेकजाँज गरिने भएको छ ।

त्यस्तै नेपाल भारत सीमामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको जनशक्ति आवश्यक देखिएकाले नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षाको जिम्मेवारी लिएका महत्वपुर्ण स्थानर प्रतिष्ठानमा नेपाली सेनाले सुरक्षा दिने प्रबन्ध मिलाउन कारवाही अगाडि बढाइने सुरक्षा समितिले निर्णय गरेको छ । साथै जुगल गाउँपालिका स्थित रत्नराज्य मावि चनौटेमा रहेको क्वारेन्टाइनमा सुरक्षाकालागि सुरक्षाकर्मी माग भएको हुँदा एक नेपाल प्रहरी र दुई शसस्त्र प्रहरी पठाइने भएको छ ।

Facebook Comments