रोशी सहकर्मी–जेठ १३,
२०७७,काभ्रे/

नेपाल पत्रकार महासंघ काभ्रे शाखाले जिल्लाका सञ्चारकर्मीको निःशुल्क कोरोना सङक्रमित बीमा गराएको छ । १३७ सञ्चारकर्मीको निःशुल्क कोरोना सङक्रमित बीमा गराएको महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले महासंघमा सदस्य रहेका र फिल्डमा क्रियाशिल १३७ सञ्चारकर्मीको युनाईटेड इन्स्युरेन्स कम्पनीमा बीमा गराएको जानकारी दिनुभयो । प्रति सदस्य छ सय रुपियाँ दरले बीमा गराइएको छ ।

कोरोना सङक्रमित भएकाले एक लाख रुपियाँ पाउने छन । पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि बीमितले बीमाको दाबी गर्न पाउने छन ।

Facebook Comments Box