रोशी सहकर्मी–जेठ १९,
२०७७,काभ्रे (तालढुङ्गा)/

नाङशाल एशोसिएसन नेपालले विकट खानीखोला गाउँपालिकामा स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ । संस्थाले वी वल्र्ड अनलसको आर्थिक सहयोगमा स्वास्थ्य सामग्री गाउँपालिकामा नै पुगेर हस्तान्तरण गरेको हो ।
नाङशालका अध्यक्ष दिनेश लामाले गाउँपालिका अध्यक्ष कृष्ण खुलाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

अध्यक्ष लामाले इन्फारेट थर्म मिटर गन ७ थान, एन नाइन्टि फाइफ माक्स ९० थान पीपीई ( व्यक्तीगत सुरक्षा कवज) ७ सेट, डिजिटल ब्लर्ड प्रसेर मिसिन ७ सेट, अक्सिजन सिलिण्ड वीथ फ्लोमिटर ५ सेट, सजिर्कल माक्स एक हजार पिस, सजिर्कल ग्लोव्स एक हजार, स्यानिटाइजर ५०० एमएलको ७० बोतल, हस्पिटल वेड सेट नौ थान (सिरानी, म्याटरेस, म्याटरेस कबर) र इलेक्ट्रिक सक्सन वीथ वेवी टु्यव ४ थान अध्यक्ष खुलाललाई हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण पश्चात बोल्नुहुँदै गाउँपालिका अध्यक्ष खुलालले नाङशाल दुःखको साथी रहेको बताउनुभयो । कुनै पनि संघसंस्था यती धेरै स्वास्थ्य सामग्री लिएर गाउँपालिकामा नआएको अवस्थामा नाङशालले साच्चिकै स्वास्थ्य सामग्री अभावलाई परिपूर्ती गर्न मद्त पुग्ने उहाँको भनाई थियो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नाङशाल एशोसिएसनका उपाध्यक्ष रामबहादुर घ्यावा, कार्यकारी निर्देशक गुणराज मुक्तान, लेखा अधिकृत शिवराम काफ्ले, खानीखोला गाउँपालिकाका वडा अध्यक्षहरु क्षेत्रमान घ्यावा, मानबहादुर गोले र दुर्गा तिमल्सिना, प्याव्सनका जिल्ला उपाध्यक्ष महेन्द्र थिङ, खानीखोला स्थानीय बिद्यासागर लामा लगायतको उपस्थिती रहेको थियो ।

नाङशालले यस अघि बेथाञ्चोक गाउँपालिका, पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पताललाई अति आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको थियो । नाङशालले १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ ।

Facebook Comments