२०७७-जेठ १९,
सिन्धुपाल्चोक/

रुकुम हत्याकाण्डका विरोधमा सुनकोशी गाउँपालिकामा प्रदर्शन गरिएको छ । हत्यामा संलग्न दोषीहरुलाई कडा कारवाहीको माग गर्दै आज सुनकोशी, ठोकर्पाका दलित समुदायले प्रदर्शन गरेका हुन् । उनीहरुले उक्त घटनामा संलग्न अपराधीको पहिचान गरि तत्काल सजाय दिन सरकारसँग माग गरेका छन् ।

सुनकोशी गाउँपालिका वडा नं १ र २ का दलित समुदायले विभिन्न सन्देशमुलक प्लेकार्ड बोकी ठोकर्पा गाउँ परिक्रमा गरि कोणसभा गरेका छन् । कोणसभालाई सम्बोधन गर्दै उनीहरुले हत्यारालाई कानुन अनुसार कारवाही नगरे दलित समुदायले चरणबद्ध आन्दोलन गर्ने चेतावानी दिए ।

दलित अगुवा बिनोद सेन्चुरीले रुकुम हत्याकाण्ड दलितको मात्रै नभएर न्यायप्रेमी गैरदलितको पनि भएको भन्दै जातका आधारमा हत्या गर्नु अति निन्दनीय र क्रुर अमानवीय अपराध भएको बताए । –रेडियो सिन्धु

Facebook Comments Box