रोशी सहकर्मी–जेठ २७,
२०७७,काभ्रे/

तेमाल गाउँपालिका वडा नं ४ बोल्दे (कल्लेरी) मा तरकारी बोक्ने गाडि दुर्घटना भएको छ । दुर्घटनामा परी चालक गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रवक्त एवं डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

बा १८ च ८०७६ नम्बरको बोलेरो गाडि ओारलोमा राखिएको र अनियन्त्रीत भई सडकबाट करीब ३ सय मिटर तल खसेको डिएसपी थापाले जानकारी दिए । दुर्घटनमा परी घाईत भएका चालक अन्दाजी ३६ वर्षिय जेठा तामाङको घुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।

आज (मंगलबार) दिउँसो करीब १ बजेको समयमा गाडि ओरालोमा राखेर तरकारी किनबेच गर्ने क्रममा दुर्घटना भएको हो । “बाटो गिलो थियो, ढुंगाको ओत लगाएर तरकारी बेचिरहेका थिए, यतीकैमा गाडि पछाडिबाट तल झर्यो”– वडा अध्यक्ष आस्पुर लामाले बताए ।

दुर्घटनामा कुनै मानविय क्षति नभएको र घटनाको थप विवरण आउन बाँकि रहेको लामाले बताए ।

Facebook Comments