रोशी सहकर्मी–जेठ ३०,
२०७७,काभ्रे (तेमाल)/

स्वास्थ्य कार्यालय काभ्रेले तेमाल गाउँपालिकाका बृद्धबृद्धालाई छाता र लठ्ठी वितरण गरेको छ । जेष्ठ नागरिकलाई स्वास्थ्य सामग्री सहयोग तथा सचेतना कार्यक्रम अन्र्तगत आज पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा छाता, लठ्ठी र रुमाल वितरण गरिएको हो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले गाउँपालिका भित्रका रहेका ६५ जना बृद्धबृद्धालाई छाता, लठ्ठी र रुमाल वितरण गरिएको जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना, तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, प्रहरी प्रमुख एसपी रविराज पौडेल, राष्ट्रिय अनुसन्धानका डीएसपी सरोज निरौला लगायतले सामग्री वितरण गरेका थिए ।

साथै जिल्ला कमाण्ड पोष्टबाट गएको टोलीले तेमाल गाउँपालिकाको चापाखोरी र पोखरी नारायणस्थानमा रहेको क्वारेन्टाइन अवलोकन गरेको थियो । तेमाल गाउँपालिकाले जिल्लाकै सबै भन्दा बढी १०५ वेडको क्वारेन्टाइन निर्माण गरेको छ । पालिकाले प्रत्येक वडामा ११/११ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । गाउँपालिकामा ९ वडा रहेको छ ।

Facebook Comments