रोशी सहकर्मी–जेठ ३१,
२०७७,धुलिखेल/

काभ्रे जिल्लामा ७०३ शैयाको क्वारेन्टाइन तयार भएको छ । जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जिल्लाका १३ वटै स्थानीय तहमा ७०३ क्वारेन्टाइन वेड तयारी अवस्थामा रहेको जानकारी दिए ।

तिमिल्सिनाका अनुसार धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा ६०, नमोबुद्ध नपामा ५६, पाँचखाल नपामा ४० शैया, रोशी गाउँपालिकामा ८५ शैयाको वेड तयारी अवस्थामा रहेको छ । त्यस्तै महाभारतमा ४६, मण्डनदेउपुर नपामा २५, चौँरीदेउराली गाउँपालिकमा ३०, भुम्लुमा ३०, बेथानचोकमा ३५, तेमालमा १०५ र खानीखोला गाउँपालिकामा २४ शैयाको वेड तयार भएको छ । जिल्लामा १३ वेडको आइसोलेसन वेड रहेको छ ।

जिल्लामा ६४ जना पुरुष र २० महिला सहित ८४ जना क्वारेन्टाइनमा बसेका छन ।

Facebook Comments