रोशी सहकर्मी–असार ५,
२०७७,काभ्रे/

जिल्लाको विकट खानीखोला गाउँपालिकाका दुई वडाका किसानले कफी खेतीबाटै वार्षिक तीन करोड आम्दानी लिन थालेका छन् । खासै उब्जनी नहुने पाखाबारीमा लगाइएको कफीबाट वडा नं. ६ साल्धारा र वडा नं. ७ मिल्चेका किसानले तीन करोड आम्दानी लिन थालेको हुन् ।

यहाँ उत्पादित कफी जापान, युरोपियन मुलुकहरूका जान थालेपछि स्थानीयले कफी खेतीलाई विस्तारसमेत गरिरहेका छन् । मर्क, कोदो, फापर हुने बारीमा अहिले कफीले भरिएका छन् । यहाँको मुख्य पेशा भने कै कृषि र पशुपलान रहेको छ । बन्दाबन्दीका कारण पशुपालनबाट विस्तापित हुने त्रासमा रहेका यहाँका किसान कफी खेतीले राम्रो बजार पाएपछि मख्ख छन् ।

खानीखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष मानबहादुर गोले दुई वडाबाटै तीन करोड रुपियाँभन्दा बढीको कफी बिक्री भएको बताउनुहुन्छ । उहाँका अनुसार पाँच सय जना किसानले अहिले कफी खेती गर्न थालेका छन् । बजारको समस्या नरहेको र मूल्य पनि राम्रो पाएपछि मकै, कोदो, फापर हुने बारीमा किसानले कफी विस्तार गर्न थालेको वडा अध्यक्ष गोलेको भनाइ छ ।

Facebook Comments