यश कुमार परियार–असार १६,
२०७७, भकुण्डे/

शनिबार नेपाल भारत शिमा हुँदै नेपाल प्रवेश गरेको सलह किरा काभ्रेको नमोबुद्ध नगरपालिकामा पनि देखा परेको छ । आज करीब साँझ ५ बजे देखि आकासमा सलहको बथान देखा परेको वडा नम्बर ७ का अध्यक्ष धर्म सिं लामाले जानकारी दिए ।

उनका अनुसार आज विभिन्न स्थानमा देखा परेका सलह किरा रोशी हुँदै वडा नं ८ पिपलटार, वडा नं ६ खाक्सी हुँदै चुवाने, वडा नम्बर ७ को काँक्रेमा प्रवेश गरेको हो । सलह आएको भन्ने जानकारी पाउना साथ अहिले किसानहरुलाई बारीमा आगो बालेर धुवा निकाल्न र टिनहरु बजाउन उर्दी जारी गरेको वडा अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार अहिले किराहरुले क्षती नगरेको र जमिनमा नबसी ५० मिटरको उचाईमा उडिरहेको बताए । रातको समय भएकोले ति किराहरुलाई बास बस्न नदिनका लागि बारीमा धुवा निकाल्न र टिन बजाउन लगाईएको लामाले बताए ।

वडा अध्यक्ष लामाले यो विपदको समयमा त्रसीत नभई संयम भएर एकजुट भई सलह रोकथाममा लाग्न सबै किसानहरुलाई आग्रह गरे । यस अघि आईतबार खानीखोला र बेथानचोकमा पनि सलह किरा देखा परेको थियो ।

Facebook Comments Box