रोशी सहकर्मी–श्रावण २,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको विभिन्न स्थानिय तहहरुमा स्थापना गरिएको क्वारेन्टाईनमा १ सय ३९ जना बसीरहेका छन् । जस मध्ये १ सय १६ जना पुरुष र २३ जना महिला रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

आज सम्म जिल्लामा रोजगारी गुमाएर तेश्रो मुलुकबाट फर्कनेको संख्या २ सय ५६ पुगेको छ ।

यसैबिच आज मास्क नलगाई हिड्ने २ सय ६७ जना कारवाहिमा परेका छन् । जसमध्ये १ सय ५५ जना पुरुष र १ सय १२ जना महिला रहेका छन् । उनिहरुलाई जिल्लाको विभिन्न स्थानहरुमा प्रहरीले नियन्त्रणमा लिइ सम्झाई बुझाई छोडेको कमाण्ड पोष्टले दिएको जानकारी दिएको छ ।

Facebook Comments Box