
रोशी सहकर्मी–श्रावण २,
२०७७,काभ्रे/
जिल्लाका पत्रकारहरुले आज भक्तेश्वर वाटिकाको प्रांगणमा वृक्षरोपण गरेका छन् । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको पहलमा बनेपा नगरपालिका वडा नं. ६ बुडोल स्थित पत्रकार महासंघको भवनसँगै निर्माण हुदै गरेको भक्तेश्वर वाटिकाको प्राङ्गणमा पत्रकार महासंघ जिल्ला शाखाको पदाधिकारीहरुले वृक्षारोपण गरेका हुन् । पत्रकार महासंघ काभ्रे शाखाको अध्यक्ष मोतिराम तिमल्सिनाले वाटिकाको प्राङ्गणमा धुपिको बिरुवा वृक्षारोपण गरेर सुरुवात गरेका थिए ।
नेपाल पत्रकार महांसघ काभ्रेको पहलमा डिभिजन बन कार्यलय काभ्रेले करिब १० लाख रुपैयाको लागत र जन श्रमदान उपझोक्ता मार्फत २ लाख २५ हजार ४ सय ५९ रुपैया गरि कुल १२ लाख २५ हजार ४ सय ५९ खर्च गरेर वाटिमा निर्माण कार्य भईहरेको छ ।
वृक्षारोपण कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष द्धय रमेश ल्यौपाने, राज्य लक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष कपिल कोईराला, सह सचिब मधुसुधन तिमल्सिना, राम दनुवार, सदस्यहरु देवराज केसि, सचित खड्का, सन्तोष दाहाल, सरोज श्री अधिकारी, सरिता सापकोटा, रोजन तामाङ, निर्माण उपझोक्ता समितिको सदस्यहरु लगायतले बिभिन्न जातको बिरुवाहरु रोपेका थिए ।