रोशी सहकर्मी–साउन ९,
२०७७,काभ्रे/

नमोबुद्व नगरपालिकामा अपाङ्गता भएकालाई विभिन्न सामग्री वितरण गरिएको छ । आज एक कार्यक्रमका बीच नगरको सि.बि.आर कार्यक्रम समन्वय तथा अनुगमन समितिको आयोजनामा नगरभित्रका अपांगता भएका व्यक्तिहरूलाई विभिन्न प्रकारका सामग्री वितरण गरिएको थियो ।

नगरप्रमुख टीपी शर्मा तिमल्सिनाले उक्त सामग्री वितरण गरेका थिए । उक्त स्वास्थ्य सामग्री तथा प्राविधिक सहयोग अपांग पुनस्थार्पना समाज नेपाल अनामनगर ले गरेको थियो भने कार्यक्रमको संयोजन नेपाल अपांग महिला संघ बनेपाले गरेको थियो ।

कार्यक्रममा २० जनालाई ह्ववील चियर, १३ जनालाई नर्मल स्टीक, ५ जनालाई एल्बो स्टिक, ८ जनालाई बैशाखी, ९ जनालाई सेतो छडी, ५ जनालाई कम्बट चियर, ३ जनालाई युरिन ब्याग, सिंआई.सी पाईप, जेल्ली, ग्लबस, डाइपर, ६ जनालाई स्टेसनरी सामान र ६५ जनालाई सरसफाईको सामग्री तथा वितरण गरिएको थियो ।

नगर उपप्रमुख रामदेवी तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर कार्यपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई, अपाङ्गता महिला संघ काभ्रेका अध्यक्ष शर्मिला मानन्धर, अपांग पुर्नस्थापना समाज नेपालका प्रतिनिधि राजु खत्री लगायतको उपस्थिति थियो । कार्यक्रम संचालन महिला,बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारा सुनुवारले संचालन गरेकी थिइन ।

Facebook Comments