रोशी सहकर्मी–साउन ९,
२०७७, सिन्धुली/

जिल्लाको स्थानीय तहहरुले प्रधान मन्त्री रोजगार कार्यक्रममा संलग्न हुन निवेदन माग गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ सुरु भए सँगै सिन्धुलिका ९ स्थानिय तहले रोजगारी कार्यक्रममा संलग्न हुन आह्वान गरेका हुन् ।
१८ देखि ५९ उमेर समूहका बेरोजगार व्यक्तिले निवेदन दिन पाउने व्यवस्था गरिएको छ । सय दिनको उक्त रोजगार कार्यक्रमअन्तर्गत बिहिबारदेखि भदौ सात गतेसम्म निवेदन दिन पाउ गरी सूचना प्रकासित गरिएको छ ।

कार्यक्रमअन्तर्गत नै तीनपाटन, हरिहरपुरगढी, मरिण, हरिहरपुरगढी, सुनकोसी गाँउपालिका लगायतका स्थानीय तहले पनि साउन पहिलोसाता सँगसँगै रोजगारी संलग्न हुन चाहनेको निवेदन माग गरेको छन् । सबै जसो स्थानिय तहले कृषिजन्य उत्पादनमा वर्षेनी तीन महिना मात्रै खान पुग्ने परिवारका सदस्य, निजी बसोबासका नभएका, एक्ल महिला, दलित समुदायका व्यक्ति, अल्पस्ख्यक तथा लोपोन्मुख परिवारका सदस्य, शहीद तथा बेपत्ता पारिएका सदस्यलाई रोजगारीमा प्राथमिकता दिइएको छ ।

हरिहरपुरगढी गाँउपालिकाका अध्यक्ष कार्साङ लामाका अनुसार अघिल्लो वर्ष प्रधानमनत्री रोजगार कार्यक्रम अन्तर्गत ७५ लाख रुपिया बजेट आएको थियो । आठ वटै वडामा गरी एक हजार जना भन्दा माथिले नै रोजगारी पाएको बताए । उक्त बजेटबाट बाटो, सडक, कुलो, नदि नियन्त्रण जस्ता काम प्रभावकारीसँग भएको बताए ।

तीनपाटन गाँउपालिकाले भने प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम आर्थिक वर्ष २०७७/०७८ का लागि न्यूनतम् १०० दिनको रोजगारीमा इच्छुक गाँउपालिकाका बेरोगजार व्यक्तिले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सूचित गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी बनेको गाँउपालिका अध्यक्ष कर्ण थापामगरले बताए । कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधिले महत्व दिई पहल गरेका सडक निर्माण तथा मर्मत, कृषि तथा सिँचाइ, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसफाइ, शिक्षा, वन, जलाधार, पर्यटन र आवश्यकताअनुसार अन्य श्रममा लगाइनेछ ।

सो कार्यक्रमका लागि गत वर्ष कूल रु तीन अर्ब १० करोड विनियोजन गरेको सरकारले यस वर्षका लागि रु ११ अर्ब ६० करोड विनियोजन गरेको छ ।

Facebook Comments Box