रोशी सहकर्मी–साउन १३,
२०७७,सिन्धुपाल्चोक/

हिजो सोमबार मात्रै कोरोना मुक्त भएको सिन्धुपाल्चोक जिल्लामा आज पुनः कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारि कृष्ण तिवारीका अनुसार १ जना महिला र ३ पुरुष गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा मेलम्चि नगरपालिकाका ३ जना र पाँचपोखरी थाङपाल गाँउपालिकाका १ जना पुरुष गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सुचना अधिकारी तिवारीले जानकारी दिए ।

हिजो मात्रै जिल्लाका ६३ जना कोरोना मुक्त भई घर फर्किए सँगै जिल्ला कोरोना मुक्त भएको थियो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । जसमध्ये सङ्क्रमित ६३ जना कोरोना मुक्त भएर घर फर्किएका छन् भने ४ जनाको आईसोलेसनमा उपचार भईरहेको छ । र २ जानाको मृत्यु भईसकेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिएका छन् ।

Facebook Comments Box