रोशी सहकर्मी–साउन १४,
२०७७,काभ्रे/

तेमाल गाउँपालिका वडा नं ५ पोखरी नारायणस्थानमा रहेको सत्य नारायण मन्दिरमा यस वर्ष जनै पुर्णिमामा लाग्ने मेला नहुने भएको छ । गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले आज एक सुचना जारी गर्दै विश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण मेला, पर्व, जात्रा जस्ता कार्यहरु नेपाल सरकारको निर्णय अनुसार नगर्न र नगराउन भनिएकोले उक्त मेला नलाग्ने बताए ।

तेमालको वडा नं ५ पोखरी नारायणस्थान स्थित धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रसिद्ध सत्य नारायण मन्दिरमा जनै पुर्णिमा पर्वमा मेला लाग्दै आएको थियो ।

साथै सुचनामा नेपाल सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेपनि कोभिड–१९ को संक्रमण हुने जोखिम अझै रहेकाले आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि गाउँपालिकाले अनुरोध गरेको छ । यस वर्षको जनै पुर्णिमा १९ गते परेको छ । यस दिन नारायण स्थानमा ठुलो मेला लाग्दै आएको थियो ।

Facebook Comments