यश कुमार परियार–साउन २३,
२०७७,काभ्रे/

काभ्रेमा आज एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित धुलिखेल नगरपालिका वडा नं ९ काभ्रेभञ्ज्याङका ८२ वर्षिय एक वृद्ध रहेका छन् । उनको छाउनी अस्पतालमा उपचारको क्रममा पिसिआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको र उनको सोहि अस्पतालमा उपचार भईरहेको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

यस्तै बिहिबार कोरोना पुष्टि भएका बनेपा नगरपालिका वडा नं १ बस्ने २९ वर्षिय पुरुष र धुलिखेल नगरपालिका वडा नं ७ का ४४ वर्षिय महिलाको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । यस सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । ति मध्ये २७ जना उपचार पछि निको भएका छन् ।

यसैबिच जिल्लाका विभिन्न स्थानबाट मास्क नलगाई हिड्ने ४ सय १४ जना पुरुष र ३ सय ४६ जना महिला गरी कुल ७ सय ६० जनालाई प्रहरीले नियन्त्रणमा लिई सम्झाई ब’झाई छाडेको छ । साथै १२ जना पुरुष र १० जना महिलालाई १ सय रुपौँया जरीवाना गरी छाडिएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

Facebook Comments