यश कुमार परियार–भदौ १३,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज साँझ सम्म ३७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रादेशीक प्रयोगशाला धुलिखेलमा गरिएको परिक्षणमा बनेपा नगरपालिका वडा नम्वर १३ साँगामा रहेको स्पाईनल इन्जुरी अस्पतालमा एकै दिन आज (शनिबार) ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

ईस्पाईनल अस्पतालमा आज सम्म १ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ विरामी र विरामी कुरुवा ७२ जना, अस्पतालका १७ जना कर्मचारी, तालिमकर्ता ११ जना र क्यान्टिनमा कार्यरत ४ जना गरी १ सय ४ जना संक्रमित भएको डा. झाले जानकारी दिए । अस्पतालको सम्पर्कमा रहेका स्थानीयहरु १२ जनामा संक्रमण देखिएको छ ।

यस्तै आज शिर मेमोरियल अस्पताल बनेपाका १ जना स्वास्थयकर्मीमा कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमित हुनेहरुको संख्या २ सय ५८ पुगेको छ । जिल्लामा ५२ जना स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएको छ ।

यसैबिच काभ्रेमा कोरोना जितेर घर फर्कनेको संख्या ९३ पुगेको छ । २ जनाको मृत्यु भईसकेको छ ।

Facebook Comments Box