रोशी सहकर्मी–भदौ १५,
२०७७, सिन्धुपाल्चोक/

सुनकोसी गाउँपालिका ६ धुसेनीमा गएको पहिरो पीडितको घर बनाउन पालिकाले ५ लाख रुपैयाँ दिने भएको छ । पहिरोले घर पुरिएकाको घर निर्माण गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने पालिका अध्यक्ष श्रमणकुमार जिसीले बताउनुभयो ।

उहाँले घटनास्थलमै पुगेर पीडितसमक्ष प्रतिपरिवार ५ लाख दिने घोषणा गर्नु भएको हो । हिजो बिहान गएको पहिरोमा ४ घर पुरिएको थियो ।जनप्रतिनिधि, सेना र प्रहरीको सहयोगमा जोखिममा रहेकार्ला सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। सुरक्षित स्थानान्तरणका लागि ३० बञ्डल जस्ता र ६ वटा टेण्ट समेत गाउँपालिकाले दिइएको छ ।

पहिरोले खिल बहादुर भण्डारी, सिताराम भण्डारी, इबहादुर भण्डारीको घर पुरिएको थियो। पहिरोको जोखिममा रहेका अन्य ९ घर परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

Facebook Comments