रोशी सहकर्मी–भदौ १७,
२०७७,सिन्धुपाल्चोक/

कोरोना सङ्क्रमण बढेकोे जनाई सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि जारी लकडाउन लाइ निरन्तरता दिने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले फेरि भदौ २४ गते राति सम्मका लागि जिल्लामा बन्दाबन्दी थप गर्ने निर्णय गरेको हो ।

यसअघि पनि कोरोनाको जोखिम बढेको भन्दै ३ दिन लकडाउन थप गर्ने निर्णय गरिएको थियो । त्यसको समयसीमा आज सकिँदै थियो तर कोरोना संक्रमण जोखिम अझै रहेको भन्दैे जिल्लामा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

कोरोनाको कारण सिन्धुपाल्चोकमा हाल सम्म ३ जनाको मृत्यु भइसकेको छ भने १०३ जना सङ्क्रमित पुगेका छन् ।

Facebook Comments