रोशी सहकर्मी–भदौ २१,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा रहेको शान्ति तालिम केन्द्रका ५ जना सेनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालका मेडिकल अधिकृत डा. अमन दत्तका अनुसार पोजेटिभ देखिनेमा ३८, ३४, ३४, ३५ ३७ बर्षका पुरुष छन् ।

उनका अनुसार नेपाली सेनाका ६ जना, सशस्त्र प्रहरीका ६ जना र पाँचखाल नगरपालिका बडा नं १० बालुवाका पुरुषको कन्ट्याक ट्रेसिङमा परेका ७ जना गरी १९ जनाको पिसिआर चेक गर्दा नेपाली सेना शान्ति तालिम केन्द्रका ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएका हो ।

उनीहरुमा लक्षण देखिएपछि पिसिआर टेष्टको लागि स्वाब लिइएको थियो । संक्रमितहरु तालिम गर्न आएका र क्वारेन्टाइनमा बसिरहेका शान्ति तालिम केन्द्र पाँचखाललले जनाएको छ ।

Facebook Comments