यश कुमार परियार–भदौ २४,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज साँझ सम्म थप ३४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार थपिने संक्रमितहरुमा धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रे भञ्ज्याङको एउटै टोलमा २५ जना, श्रीखण्डपुरका ४ जना, धुलिखेल अस्पतालका १ जना, पनौती नगरपालिकाका ३ जना र शिर मेमोरियल अस्पतालका १ जना रहेका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. झाका अनुसार काभ्रे भञ्ज्याङका संक्रमितहरु एउटै टोलका हुन् । उनका अनुसार उक्त टोलका नौ बर्षका बालकबालिका देखी ८० बर्षका बृद्धबृद्धा सङक्रमित भएका छन । ज्वरो लगायतको लक्षण देखिएपछि कोरोना परीक्षण गरिएको धुलिखेल स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्लामा सङक्रमण दर बढ्न थालेपछि स्वास्थ्य कार्यालयले नियन्त्रणका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय लगायतसँग छलफल गरिरहेको डा. झाले जानकारी दिए ।

उनका अनुसार यो सँगै जिल्लामा ३६८ सङक्रमित पुगिसकेका छन । कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या १ सय ७४ जना पुगेको कार्यलयले जनाएको छ ।

Facebook Comments