रोशी सहकर्मी–भदौ २५,
२०७७,काभ्रे/

काभ्रेमा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थय प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार संक्रमित सबै भुम्लु गाउँपालिकाका रहेका छन् ।

यस सँगै जिल्लामा साँझ सम्म कोरोना संक्रमितको संख्या ३७६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमित १९३ जना रहेका छन् । हालसम्म १८१ जना निको भएर घर फर्किएका छन् । हालसम्म धुलिखेलमा ५३ जना, बनेपामा १०१ जना, पनौतीमा ४ जना, पाँचखाल र नमोबुद्ध नगरपालिकामा दुई दुई जना संक्रमित रहेका छन् ।

डा. झाका अनुसार ति मध्ये धुलिखेल नगरपालिकामा २४ र बनेपा नगरपालिका १३ जना आफ्नै घरको आइसोलेसनमा बसिरहेको छन् ।

Facebook Comments Box